दफा ५०१
कानून प्रतिकूलको दायित्व पूरा गर्न नपर्ने

यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै दायित्व पूरा गर्दा कानून, सार्वजनिक व्यवस्था (पब्लिक अर्डर) वा सार्वजनिक नैतिकता प्रतिकूल हुने रहेछ भने त्यस्तो दायित्व पूरा गर्न पर्ने छैन ।